शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा अौषधि तथा विरामी सुरक्षा युनिटको स्थापना

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७


लुम्बिनी प्रादेशिक अस्पतालमा अौषधि तथा विरामी सुरक्षा युनिटको स्थापना

१ असोज, बुटवल

विश्व अौषधि तथा विरामी सुरक्षा दिवस (September 17) को अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अौषधि तथा विरामी सुरक्षा युनिटको स्थापना गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले रिवन काटेर सो युनिटको उद्घाटन गर्नु भयो । डाक्टर खनालले अौषधि तथा विरामी सुरक्षा सम्बन्धि अोपिडी सुरुवात गर्ने लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो रहेको जानकारी दिनुभयो । मेसु डा. खनालले विरामीका लागि औषधिको विषयमा सचेतना जगाउने कामका लागि यो युनिट महत्वपूर्ण हुने बताउनु भयो । हरेक हिसाबले विशिष्टिकृत हुँदै आएको प्रादेशिक अस्पतालमा यो सेवा थपिएसंगै विरामीहरु थप लाभान्वित हुने डा खनालले विस्वास व्यक्त गर्नुभयो ।पन्ध्र दिन पहिले नुयुक्ति लिएर आउनु भएका क्लिनिकल फार्माक्लोजिस्ट डाक्टर विजय भण्डारीले विरामीले कुन अौषधि कसरी प्रयोग किन गर्ने ? वा किन प्रयोग नगर्ने ? अौषधिको प्रयोग गर्न किन जरुरी छ ? कुनै अौषधि प्रयोग गर्दागर्दै बिचमा छोड्दा अौषधिले के असर गर्छ ? एक वा सो भन्दा बढी अौषधि प्रयोग गर्ने विरामीमा अौषधिले गर्ने रियाक्सन कस्तो हुन सक्छ ? र समाधान कसरी गर्ने ? जस्ता प्रश्नको समाधान यो युनिटबाट गरिने बताउनु भयो । डाक्टर भण्डारीले थप्नुभयो अहिले अौषधिको सहि प्रयोग नगर्दा उपचार नै असफल हुने अवस्था छ । त्यसलाई न्युनिकरण गर्न । साथै अस्पतालका विभिन्न विभागमा उपचारमा आउने विरामिले अौषधि प्रयोग गर्नुहुन्छ, ती विभागका स्वास्थ्यकर्मी तथा डाक्टरहरुलाई पर्ने कार्य बोझ न्युनिकरण गर्न पनि यो युनिटले सहयोग पुर्याउने डाक्टर भण्डारी बताउनु भयो । विरामीका लागि कुनै डाक्टरले औषधि लेखिसकेपछि बिरामीहरु यो युनिटमा आएर परामर्श लिन सक्नेछन् । ‘यो युनिटले विरामी र डाक्टरबीच सुमधुर सम्बन्ध स्थापित गर्ने काम गर्छ, डाक्टर भण्डारीले भन्नुभयो ।

(डा. विजय भन्डारी, क्लिनिकल फर्माकोलोजिष्ट)
औषधि तोकिएको समयसम्म नखादा रोगका किटाणुहरु झन बलिया हुदै जाने र पछि औषधिले नै काम नगर्ने अस्वथा सिर्जना भइरहेकाले जनचेतनाका लागि समेत यो युनिट फलदायी हुने अपेक्षा गरिएको छ । यसले उपचारलाई महंगो हुनबाट सहयोग गर्न मद्त गर्नेछ ।
अस्पतालबाट डिस्चार्ज भएर बाहिर जादा यो ओपिडीमा पुगेर औषधिबारे जानकारी लिन सकिनेछ ।
खासमा विरामि सुरक्षा गर्न, स्वास्थ्य सुरक्षा खर्च घटाउन, अौषधिको प्रयोग सम्बन्धि हुने सबै जिज्ञासा समाधान गर्न यो युनिट स्थापना गरिएको भण्डारीले बताउनु भयो । यो युनिट स्थापना गर्न अस्पताल प्रशासन, अस्पतालका फार्मेसी इन्चार्ज पदम खनाल लगायतको सहयोग रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra