शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोभिडसंग सामना गर्न लुम्बिनी प्रदेश सरकार तयार छ : मन्त्री श्रेष्ठ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८


कोभिडसंग सामना गर्न लुम्बिनी प्रदेश सरकार तयार छ : मन्त्री श्रेष्ठ

बुटवल, ४ जेठ । लुम्बिनी प्रदेशका स्वाथ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले देश स्वास्थ्य संक्रमणकालिन अवस्थाबाट गुज्रीरहेको भन्दै कोभिडको महामारी नियन्त्रणको लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।

श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन निजी अस्पताललाई थप कोरोना युनिट र कम्तीमा ५० प्रतिशत कोभिडका बिरामी राख्नुपर्ने नियम बनाएको जानकारी दिदै अब प्रदेशका सबै निजी अस्पतालहरुमा कोरोनाको उपचार गर्नुपर्ने त्यसको लागि सरकारले सहयोग गर्ने बताए ।

लुम्बिनी प्रदेशका पत्रकारहरुसंगको भर्चुअल संवादामा उनले कोरोनाको नयाँ भेरियन्टले निम्त्याएको संकट समाधानमा निजी स्वास्थ्य संस्थासँग सहकार्य गरिरहेको जानकारी दिदै, कोरोना संक्रमितको उपचारमा सरकारी अस्पतालका अतिरिक्त बेड नपाएका बिरामीका लागि निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुसँग कोभिड केयर युनिट सेवा सञ्चालनका लागि सम्झौता भएको बताए ।

कोरोनाको हटस्पट बनेको रुपन्देही जिल्लामा थप देवदह मेडिकल कलेज र आम्दा अस्पताल कोभिड बिरामीको उपचार गर्ने गरी सम्झौता भएको जानकारी दिए । मन्त्री श्रेष्ठले लुम्बिनी प्रदेशकाका मेडिकल कलेजहरुमा कुल बेडको ५० प्रतिशत कोभिड बिरामी राख्न निर्देशन दिइएको बताए ।
कोरोनाले लुम्बिनी प्रदेशको स्थिति निकै असहज भएको भन्दै यसमा सरकारको तर्फबाट सक्दो पहलकदमी भइरहेको बताउँदै भने ‘प्रदेशमा यो बीचमा अक्सिजनको अभावले उपचार प्रभावित भयो’ उनले थपे, ‘अक्सिजन प्लान्ट जोड्ने तथा भारत र बिराटनगरबाट अक्सिजन ल्याएर आपूर्ति गर्ने काम भइरहेको छ ।’

स्थानीय, प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्रै कोरोना नियन्त्रण गर्न सकिने बताउँदै प्रदेश सरकारले कोभिड – १९ उपचार तथा नियन्त्रण कोषलाई भरपुर प्रयोग गरेको बताए ।
मन्त्रालयले हाल मन्त्रालयले मातहतका १० वटा अस्पताललाई १ करोड १५ लाख, १२ वटा स्वास्थ्य कार्यालयलाई ५/५ लाखका दरले ६० लाख, आयूर्वेदिक स्वास्थ्य संस्थालाई १४ लाख, भैरहवास्थित भीम अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि १५ लाख र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीलाई कोभिड १९ केयर युनिट र पूूर्वाधार विकासका लागि ५० लाख उपलब्ध गराएको बताउनु भयो । साथै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई कोभिड नियन्त्रणका लागि अत्यावश्यक सामाग्री खरिद गर्न ५ करोडको स्रोत सुनिश्चता गरिएको सरकारले बताए । यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि किट्स र रिएजेन्ट व्यवस्थापनका लागि २० लाख उपलब्ध गराइएको जानकारी दिए ।

उक्त संवाददमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खण्डकाले मन्त्रालयले मिडियाको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । कोभिड नियन्त्रण सम्बन्धि व्यवस्थापन हुन नकसकेको भन्दै उनले मन्त्रालयले सञ्चार माध्यमको उपयोग गरोस् हामी जनचेतनामूलक सामाग्री बितरण गर्न तयार छौँ ।
संवादको क्रममा पत्रकार महासंघ रूपन्देहीका सचिव बिनोद परियार, पुर्व उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra