शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

औषधि टुक्राएर खान नहुने

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६


औषधि टुक्राएर खान नहुने

डाक्टरहरुले औषधि लेखेको हामीले बजारमा त्यही मात्राको चक्की नपाएपछि सामान्यतः टुक्रा पारेर खाने गरेका छौं । जान्नेहरुले नै सोही किसिमको सल्लाह दिन्छन् यतिमात्र होइन यदाकदा डाक्टरहरुले नै यस्तो सल्लाह दिने गरेको देखिन्छ । जस्तै सिटामोल पाँच सय मिलिग्रामको पाइन्छ भने बच्चालाई दिँदा टुक्रा पारेर खुवाउने चलन प्रायः सबैको देख्ने गरिन्छ । तर यसरी औषधिलाई टुक्राएर खानु गलत हो । टुक्राएर खानुको सट्टा त्यही मात्राको औषधि सेवन गर्नु नै उपयुक्त हुन्छ ।

विज्ञहरूले औषधिलाई दुई वा दुईभन्दा बढी भागमा टुक्राएर खानु धेरै घातक हुने बताएका छन् । यसरी औषधिको गलत मात्रा शरीरमा पुग्ने गर्दछ ।

‘जर्नल अफ एडभान्स नर्सिङ’ मा प्रकाशित समाचार अनुसार एउटा अनुसन्धानले औषधिलाई टुक्राएर खाँदा गम्भीर प्रभाव हुने बताएको छ । अनुसन्धान कर्ता भन्छन कि औषधिको गलत मात्रा लिनाले औषधि र विषबीच सूक्ष्म अन्तर रहन्छ ।

अनुसन्धानकर्ताहरूले चक्कीलाई बराबर भागमा तोडन विशेष प्रकारको चक्कु, औजार र कैंचीको समेत उपयोग गरे पनि बराबर मात्रा पाउन सकेनन् । अनुसन्धानअन्तर्गत जतिसुकै प्रयास गरिए पनि चक्कीलाई बराबर दुई भागमा तोडन धेरै जटिल देखियो । हामी जतिसुकै पनि औषधिलाई बराबर गरी तोडने प्रयास गरेपनि दुई समान मात्राको बराबर भागमा तोड्न सकिदो रहेनछ अनुसन्धान कर्ताले बताए ।

अनुसन्धानको निष्कर्ष के निस्कियो भने, औषधिको चक्कीलाई तोड्दा सामान्यतः यो गैर बराबर भागमा टुक्रिन्छ । अनुसन्धानकर्ताहरूले पत्ता लगाए की तोडेर लिइने ३१ प्रतिशत चक्कीमा औषधिको मात्रा गलत हुन्छ । यति मात्र नभई यसले औषधिको १५ देखि २५ प्रतिशत बढी मात्रा शरीरमा पुग्ने संभावना रहन्छ । तसर्थ अनुसन्धान कर्ताले औषधि कम्पनीलाई विभिन्न मात्राको चक्की उत्पादन गर्न आग्रहसमेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra