शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

‘आईसीयू अभावले दिनहुँ १० बच्चाको ज्यान जान्छ’ स्वास्थ्यमन्त्री सामु कान्ति बाल अस्पतालका निर्देशकको गुनासो

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


‘आईसीयू अभावले दिनहुँ १० बच्चाको ज्यान जान्छ’ स्वास्थ्यमन्त्री सामु कान्ति बाल अस्पतालका निर्देशकको गुनासो

काठमाडौँ — देशका कुनाकाप्चाबाट अत्यन्त जटिल अवस्थामा रेफर भएर आएका ६ देखि १० जना बालबालिकालाई नचाहँदा-नचाहँदै आईसीयूको लागि बाहिर रेफर गर्नुपर्ने स्थिति रहेको कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले गुनासो गरेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादव, स्वास्थ्य सचिव लगायतका उपस्थितिमा सोमबार अस्पतालमा ८ शय्या क्षमताको पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट (पीआईएमसीयू) को उद्घाटन समारोहमा डा.बिच्छाले उक्त दुःखेसो पोखेका हुन् ।

‘मलाई थाहा छ उहाँहरु आफ्नो सन्तानको ज्यान जोगाउन घर, जग्गा, गहना बेचेर यहाँ इमरजेन्सी सेवामा आउनु भएको हो,’ डा.बिच्छाले भने, ‘हामीसँग बेड हुँदैन, दुःखदायी स्थितिमा नचाहेर पनि बाहिर रेफर गर्छौं ।’

हाल कान्तिमा ५० शय्याको आईसीयूको संरचना रहे पनि मात्र ३० शय्या सञ्चालनमा छ । अस्पतालमा ३० वटा मेडिकल अफिसर र ४० वटा स्टाफ नर्सको दरबन्दी खाली छ ।

कान्तिको यही कमीकमजोरीले नजिकका अस्पतालहरुको लागि ‘कमाइ खाने भाँडो’ बनेको समेत उनले उल्लेख गरे ।
‘एक दिन अर्थात २४ घन्टाको २४ हजारसम्म लिन्छन् यस्ता अस्पतालले, एक/दुई दिन त्यहाँ रहन्छन् फेरि पैसो सिद्धिएपछि तेस्रो दिन कान्ति मै फर्किन्छन्,’ डा.बिच्छाले भने, ‘र, हामीले बेड उपलब्ध नगराउँदा चौंथो/पाँचौँ दिन यही कान्ति परिसर मै उनीहरुको मृत्यु हुने दर्दनाक स्थिति छ, यसको अन्त हुनु पर्छ ।’

उपप्रधानमन्त्री यादवले उद्घाटन गरेको ८ शय्याको पीआईएमसीयूले सञ्चालनमा आएपछि करिव ५० प्रतिश बिरामी बच्चालाई रेफर गर्न कम हुने दाबी गर्दै उनले स्वास्थ्य मन्त्रालयसँग आवश्यक जनशक्ति व्यवस्था गर्न आग्रह गर्दै भने, ‘हामीले एकजना मान्छे थपेका छैनौं, यही भित्रका जनशक्ति परिचालन गरेर पीआइएमसीयु सुरु गरेका हौं ।’

मुलुकको अस्पतालहरमा आईसीयू, एनआईसीयू शय्या संख्या धेरै कम रहेको जनाउँदै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले भने, ‘आईसीयूको अभावमा नीजि जानु पर्छ र पैसा नभएकालाई एकदुई दिन त्यहाँ रहे पछि पुनः सरकारी कै लाईनमा लाग्नु पर्ने विकराल स्थिति छ ।’

स्वास्थ्यमा हाल ४.४८ प्रतिशत वार्षिक बजेट रहेको जनाउँदै उपप्धानमन्त्री यादवले भने, ‘यसमा ४ प्रतिशत तलव, भत्ता आदिमा खर्च हुन्छ, बाँकी रहेको ०.४८ प्रतिशतले विकास , निर्माण लगायतमा खर्च गरेर कसरी राम्रो सेवा दिन सकिन्छ ?’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra