शुक्रबार, अशोज १८, २०८१ Friday 4th of October 2024

आज विश्व एड्स दिवस, नेपालमा नयाँ संक्रमण ८० प्रतिशतले कमी

  • स्वास्थ्यपत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६


आज विश्व एड्स दिवस, नेपालमा नयाँ संक्रमण ८० प्रतिशतले कमी

बुटवल: आज २९ औं विश्व एड्स दिवस हो । हामी सबैको काम, एचआइभीको रोकथाम भन्ने नाराका साथ डिसेम्बर एकमा नेपाल लगायत विश्वभर एड्स दिवस मनाइदैछ । एचआइभी संक्रमण नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको केन्द्र र अन्य सरोकारवाला निकायले दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् । संक्रमणको दरलाई घटाउन र एड्सको महाकारीलाई अन्त्य गर्ने दीगो विकास लक्ष्यको कार्यक्रमलाई सफल बनाउन यो दिवस मनाउन थालिएको हो ।

दशक अघिसम्म महामारीको रुप लिने गरेको एचआइभी संक्रमण नेपालमा हृवात्तै घट्नुका साथै मृत्युदरमा समेत कमी आएको छ । सरकारले चेतनाको विस्तारले पछिल्लो नौं वर्षमा ८० प्रतिशतले नयाँ संक्रमणलाई घटाउन सफल भएको दावी गरेको हो ।

सन् २००७ मा नेपालमा वर्षेनी करिव दुई हजार सय जना नयाँ मानिसमा एचआइभी संक्रमण पुष्टि हुने गरेको थियो भने हाल करिव एक हजार तीन सयलाई मात्रै संक्रमण पुष्टि हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले २९ औं विश्व एड्स दिवसको पूर्व संन्ध्यामा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २००७ मा नेपालमा रहेका करिव ७० हजार एचआइआभी संक्रमित मध्ये वर्षेनी तीन हजार संक्रमितले ज्यान गुमाउने गरेका थिए । हाल ३९ हजार ३ सय ९७ जना एचआइभी संक्रमित रहेको नेपालमा वर्षमा दुई हजार दुई सय ६३ जना संक्रमितले ज्यान गुमाउने गरेको पाइएको छ । संक्रमति हुनेमा अहिले पनि पुरुष नै धेरै छन् ।

नेपालमा करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ । सुईद्धारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेश धाउनेहरु र कैदीहरु लगायतको समूहमा एचआइभी संक्रमणको दर पाँच प्रतिशत भन्दा बढी छ । तर सामान्य जनसंख्यामा एचआइभी संक्रमण दर एक प्रतिशत भन्दा कम छ ।

सरकारले मुलुकका विभिन्न दुई सय ६५ केन्द्रमा एचआइभी परिक्षणको व्यवस्था गरेको छ भने ६५ वटा एआरटी साइट सञ्चालनमा ल्याएको छ । यस्तै आमाबाट बच्चामा एचआइभी सक्रमण सर्नबाट रोक्न विभिन्न ५५ जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिएको छ । एचआइभी संक्रमणको न्यूनीकरणमा नेपालले सह श्राब्दी विकास लक्ष्य हासिल गरिसकेको छ ।

नेपालमा एचआइभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव कम हुँदै गइरहेको समेत सरकारको दावी छ । संक्रमितको हेरचाह र सहयोग लगायत एआरभी औषधि उपचारमा पहुँच बढ्दै गएको पनि उक्त संक्रमण नियन्त्रणमा अझै पनि ठूलो चुनौति रहेको सरकारी अधिकारीहरुले औल्याएका छन् । अझै पनि एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणबाट भेटाउने र सबै संक्रमितलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्न आवश्क देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra