शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

विषादीयुक्त तरकारी र फलफूल खाँदा कस्ता रोग लाग्छन्?, कसरी बच्ने?

  • अच्युतशाली घिमिरे
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


विषादीयुक्त तरकारी र फलफूल खाँदा कस्ता रोग लाग्छन्?, कसरी बच्ने?

नेपालमा कुल खपतको ४४ प्रतिशत तरकारी भारतबाट आयत हुने गर्छ। भारतबाट आयात हुने ९० प्रतिशतसम्म तरकारीमा विषादी प्रयोग हुने कृषि विज्ञहरुले बताउदै आएका छन्।

भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएकै कारण सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ। यो परीक्षण कायमै राखेको भए उपभोक्ताको स्वास्थ्यका साथै स्वदेशी किसानलाई  समेत भरपूर फाइदा पुग्ने थियो।

नेपाल भित्रै पनि दर्जन समूहका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुनसक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भन्ने कुरा।

यस्ता विषादीबाट बच्न हामीले सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ। अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ।

स्वच्छ फलफूल र तरकारीहरुमा पाइने खनिज तत्त्व, भिटामिनहरुले शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छन्। यसको विषादीमुक्त सेवनले रगतको संरचनालाई मजबुद राखेर दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पुर्याकउँछ। स्वच्छ फलफूल र तरकारीहरु रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछन्। स्वच्छ फलफूलहरुमा हुने अधिक एन्टिअक्सिडेन्टले जीर्ण रोगहरु लाग्नबाट समेत बचाउँछ।

रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणाली ठिक राख्न साथै विभिन्न अंगको तन्दुरुस्तीको लागि स्वच्छ फलफूल र तरकारीको महत्वपूर्ण योगदान रहन्छ। तर यिनै फलफूल र तरकारीहरु विषादीयुक्त हुँदा र यिनको सेवन गर्दा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका जन्मिने खतरा बढ्छ।

विषादी जन्य फलफूल र तरकारीको सेवनले क्यान्सर जन्य रोगहरु उत्पन्न गर्ने, बाँझोपनका समस्याहरु उत्पन्न हुने खतरा समेत बढ्छ। त्यसैले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको किरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने देखिन्छ।

केहीगरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट बच्ने पहिलो सामन्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो। तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सकिन्छ। भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ।

नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ। त्यसपश्चात उक्त नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २०मिनेटसम्म डुबाएर राख्नुपर्छ। यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ।

सरकारलाई खासै चासो नदिएको भए पनि उपभोक्ता आफैं सचेत भई आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु बुद्धिमानी जानेछ। by swasthakhabar.com

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra