शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

सरकार कोरोना परिक्षण बढाउ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०७७


सरकार कोरोना परिक्षण बढाउ

बुटवल : चिनको हुवान प्रान्तबाट सुरू भएको कोरोना भाइरसका कारण यतिबेला विश्व आक्रान्त छ । चिनको छिमेकी मुलुक भएर पनि नेपालमा कोरोना भाइरसको प्रभाव ढिलो गरेर पर्यो । विश्वका २१२ भन्दा बढी देशमा पुगेको कोरोनाबाट शक्तिशाली मुलुकहरू अहिलेको अवस्थामा बढी प्रभावित छन । विस्तारै विस्तारै आर्थिक राजनीतिक हिसाबले कमजोर मुलुकमा कोरोनाले प्रभाव पार्दै छ । नेपालमा पनि कोरोनाले पछिल्ला दिनमा प्रभावको दर बढाएको छ । हालसम्म नेपालमा ३७५ जना कोरोना संक्रमित देखिएका छन जसमध्ये २ जनाको मृत्यु भयो भने ३६ जना उपचार पछि घर फर्किएका छन । ८० जना संक्रमित त पछिल्लो २४ घण्टामा भेटिएका हुन । मृतक दुई जनाकै मृत्यु पश्चात् कोरोना पुष्टि भएको हो, यसबाट के भन्न सकिन्छ भने नेपालमा जुन संख्यामा कोरोनाको परिक्षण हुनुपर्ने हो त्यो संख्यामा भएको देखिदैन । यसरी मृत्युलाई परिक्षणले पछ्याउने हो भने ती मृतक सिकिस्त बिरामी पर्दा वरिपरि रहेका आफन्त, स्वास्थ्यकर्मी तथा डाक्टरहरू सुरक्षित छन भन्ने कुनै आधार छैन । पहाडी जिल्ला गुल्मीकाका शिक्षक जिल्लाकै पहिलो कोरोना संक्रमित भेटिनु गम्भीर कुरा हो, किनकि उनि जस्ता जो कोहीलाई कोरोना सार्ने कोरोना संक्रमित गाउँ गाउँ पुगेकाछन जसको परिक्षण नै भएको छैन ।

कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखमा सम्म कोरोना पुग्यो भने अब यो भन्न सकिन्छ कि कोरोना नपुगेको गाउँ सहर छैन परिक्षण मात्र नभएको हो । जुन मान्छेमा कोरोनाको लक्षण देखिन्छ बल्ल परिक्षण गर्दै जाने हो भने वरिपरि रहेका कोही पनि सुरक्षित नभएको बुझ्न सकिन्छ । खुला सिमाना भएको छिमेकी मुलुक भारत अहिले कोरोनाले आक्रान्त छ जहाँ एकै दिन हजारौं संक्रमित र सयौंको मृत्यु हुन्छ जुन देशमा लाखौं नेपाल रोजगारी वा अरू कारणले बस्दै आएका छन उनिहरु जुनसुकै सर्तमा नेपाल प्रवेश गर्न चाहन्छन् । यसरी हेर्दा हामी नेपाली कोही पनि सुरक्षित छैनौं । हामीकहाँ स्रोत र साधन अरु मुलुकको तुलनामा अत्यन्तै न्यून छ तसर्थ कोरोना परिक्षणको दर अंकगणितिय रुपमा बढाउने हो भने थाहा नपाई संक्रमित र मृतकको दर ज्यामितिय रुपमा बढ्ने देखिन्छ । तसर्थ नेपाल सरकारले सबै ध्यान कोरोना परिक्षण र उपचारमा लगाएमा जन धनको हुन सक्ने ठुलो क्षति बाट देश बच्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra