शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

सफलताको कथा: एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम

  • ✍️ प्रदिप कुमार पंडित
  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७९


सफलताको कथा: एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम

रूपन्देहि जिल्लाका १६ वटा पालिका मध्ये मायादेवी गाउँपालिका एक पालिका हो । मायादेवी गाउँपालिका पूर्वमा सिद्धार्थनगर नगरपालिका पश्चिममा लुम्विनी सांस्कृतिक नगरपालिका उत्तरमा सियारी गाउँपालिका र दक्षिणमा कोटहीमाई गाउँपालिका रहेका छन । मायादेवी गाउँपालिका साविक कम्हरिया, गोनाहा, हाटीबनगई र धमौली गा वि स मिलेर बनाईएको हो । साविक साबिक कम्हरिया गा वि स र हाल वडा नं ३ मा रहेको कम्हरिया स्वास्थ्य चौकीले मायादेवी गाउँपालिकाको एक मात्र वथिङ्ग सेन्टरको रुपमा सेवा प्रदान गरिरहेको छ । कम्हरिया स्वास्थ्य चौकीमा पोषण उपचार केन्द्र (OTC) सन्चालनमा छ । नेपाल सरकारको नीति अनुसार स्वास्थ्य चौकीमा हुनुपर्ने सबै सेवा उपल्बध छन । स्वास्थ्य चौकीमा एम्बुलेन्स प्रयोगशाला र ग्रामिण अल्ट्रासाउन्ड सेवा समेत उपल्बध छ ।

कम्हरिया स्वास्थ्य चौकीको प्रभाव क्षेत्रमा मुस्लवान, थारु, यादवहरुको बाहुल्य बसोबास रहेको छ । साविक ८ वटा वार्डलाइ आधारमानी हर्नामपूर, वरेवा, हरहरवा, गुण्डा, सुक्रौली ,केनौली, निविहवा, र कम्हरिया गाउँमा “एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम “ सन्चालन ल्याइएको छ । हरेक महिना एउटा गाउँ टोलमा कम्हरिया स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहयोगमा सो कार्यक्रम सन्चालन गरिन्छ । एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रमको सोच म हेल्थ एसिस्टेन्ट म अधिकृत प्रदिप कुमार पंडित आयो र सो बारे प्रस्ताव राख्दा जिम्मेवार सरोकारवालाले सहर्ष स्विकार गर्नुभयो । मेरो स्थाइ घर रौतहट जिल्लाको माधवनारायण नगरपालिका ४ मा रहेपनि जब म कम्हरिया स्वास्थ्य चौकीमा २०७१ सालमा लोकसेवा आयोगवाट स्थायी नियुक्ती लिई कार्यरत रहे मन वचन र कर्मले परिणाम मुखि कार्यसम्पादन गर्ने मेरो सपना परिणाममा देखिएको छ । विगत ७ बर्षको अनुभवले अशिक्षा र जनचेतनाको अभावले सबै गाउँ टोलबाट सेवाग्राही सेवा लिन स्वास्थ्य चौकीमा नआउने गरेको पाइएकोछ । सेवाग्राहीहरु सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्ने कुरालाई मध्येनजर गरेर वास्तविक रिर्पोटलाई केलाउदा यस संस्थाको प्रभावित क्षेत्र भित्र रहेका गाउँ बस्तीमा गर्भवती जाचँ गराउने संस्था, सुत्केरी जाचँ र संस्थागत सुत्केरी दुवै दर निकै कम भएको पाइयो । घरमै सुत्केरी हुँदा आउनसक्ने समस्याहरुलाइ हेर्दा मेरो मनमा केहिन केही गर्नु पर्छ भन्ने भावना जाग्यो र मेरो परिकल्पना हामीले २०७९ बैशाख महिना देखि एक गाउँ एक स्वास्थ्यकर्मी भन्ने कार्यक्रमको गरी म लगायत स्वास्थ्यकर्मीलाई जिम्मेवारी बाँडफाँड गरि विधिवत कार्यक्रमको सुरुवात गर्‍यौं । गाउँ टोलबाट सेवाग्राहीलाइ घरदैलोबाट समयमै स्वास्थ्य संस्था पुर्‍याउन, सेवा दिन “एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम “ सेवा सन्चालनमा ल्याइएको हो ।

एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम, एक जना स्वास्थ्यकर्मीले एउटा गाउँ/टोलको सम्पूर्ण स्वास्थ्यको सुचकहरुको जिम्मेवारी लिने प्रक्रिया हो । स्वास्थ्य चौकी भित्र रहेका सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुले एउटा/एउटा गाउँ/टोलको जिम्मेवारी लिने गरेकाछौं । आफुले लिएको जिम्मेवारी महिला स्वास्थ्य स्वमं सेविकाहरुको सहयोगमा गाउँ/टोल भित्र रहेका गर्भवती महिला, सुत्केरी महिला र २ बर्ष मुनिका बालबालिकाहरुको गरिने सम्पूर्ण जाचँ खोप, तौल लिने कार्य समयमा पुरा गर्ने गरिन्छ । यस कार्यक्रमको लागि हामीले एउटा छुट्टै रजिष्ट्रर समेत बनाएका छौँ, जसमा सम्पूर्ण जानकारी राखेका छौँ । उदाहरणको लागि मानौ एउटा गाउँ भित्र ४० घरधुरी छन् । जुन गाउँमा ५ जना गर्भवती महिला १ जना सुत्केरी आमा र ७ जना २ बर्ष मुनिका बालबालिकाहरु छन भने गर्भवती जाचँ नियमित गराए /नगराएको, सुत्केरी जाँच भए /नभएको, नियमित खोप तथा बृद्धि अनुगमन भए /नभएको, बालभिटा खाए /नखाएको आदि कुराहरु खोजि गर्ने र समयमै जानकारी गराई स्वास्थ्य संस्था सम्म सेवाग्राहिलाई पुर्‍याउने काम स्वास्थ्यकर्मीद्बारा गरिन्छ ।

एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम अन्तर्गत हरेक महिनामा अनिवार्य गर्नुपर्ने कार्यहरु निम्मअनुसार उल्लेखित छन ।
१. नियमित आमा समुहको बैठक
२. गर्भवती तथा सुत्केरी आमाहरुसंग नियमित घर भेट
३. नियमित गर्भवति जाँच, टी डी खोप र सुत्केरी जाँच भए नभएको जानकारी लिने
४. जन्म देखि २३ महिना सम्मका बालबालिकाहरुको नियमित वृद्बि अनुगमन,
५. नियमित खोप छुट भए / नभएको खोज गर्ने,
६. ६ महिना पुरा भएका सुत्केरी आमासंग परिवार नियोजन सम्बन्धि परामर्श,
७. बालभिटा वितरण गर्ने ।
८. हरेक महिनाको दोस्रो र अन्तिम शनिबार व्यवस्थापन समितिद्बारा अनुगमन ,
९. जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रमहरु रहेका छन् ।
कार्यक्रमबाट हाल सम्मका उपल्बधिहरु

– संस्थागत सुत्केरीमा वृद्बि साथै पूर्ण संस्थागत वडा घोषणा गर्न सफल भएको
– २ बर्ष मुनिका बालबालिकाहरुको २.६ बाट ६.६ सम्म औषत भेट पुर्‍याउन सफल भएको
– गर्भवती जाँच शतप्रतिशत ल्याउन सफल भएको
– १०० प्रतिशत खोप सेवा दिन सफल भएको
– समुदायमा क्षयरोग र कूष्ठरोग लगायत रोग पत्ता लगाउने दरमा वृद्बि ।

यस कार्यक्रमको प्रमुख उद्बेश्य भनेको स्वास्थ्य चौकीमा नियमित सेवालिन आउनुहुने सेवाग्राहीहरु भन्दा पनि सेवालिनको लागी भौगोलिक क्षेत्र तथा टाढाको दुरी र अपाएक क्षेत्रमा बसोबास गर्ने सेवाको पहुचबाट टाढा रहेका वृद्बा, अपाङ्ग, असक्त तथा पिछडिएको वर्गमा रहेका सम्पूर्ण नागरिकहरुले स्वास्थ्य सेवा लिन पाउनु उनीहरुको मौलिक अधिकार हो । भन्ने कुरालाई आत्मसाथ गर्दै स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य, समानता र समताको अवधारणालाई मुख्य विषयमानि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रम अन्तर्गत मायादेवी वार्ड नं ३ कम्हरिया अन्तर्गतका विभिन्न गाँउहरु (हर्नामपुर, वरेवा, हरहरवा, गुण्डा, सुक्रौली ,केनौली, निविहवा, मेडरवा, खोचहरवा र कम्हरिया) मा सम्पूर्ण क्षेत्रहरुमा कम्हरिया स्वास्थ्य चौकीमा सेवारत स्वास्थ्यकर्मीहरु “एक गाउँ एक स्वास्थ्यकर्मी “ को जिम्मेवारी हुनेगरी गाउँ र स्वास्थ्यकर्मीको नाम किटान गरी बाडफाड गरेर सेवादिने कार्ययलाई अगाडी बढाईएको छ । यो कार्यक्रम अत्यन्तै उपलब्धिमुलक तथा परिणाममुखि सफल भएको मेरो बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra